आइतबार, कार्तिक १६ गते २०८३
images
images

बाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, प्रदेश १ का मुख्यमन्त्री आचार्यले दसैँपछि

एक्सप्रेस पाना
आश्विन २४, २०७८ आइतबार
  • 300
    SHARES
  • बाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, प्रदेश १ का मुख्यमन्त्री आचार्यले दसैँपछि

    असाेज २४ विराटनगर । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दसैँपछि मात्रै विश्वासको मत लिने बताएका छन् । दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अलपमतमा परेका थिए । 

    images

    आचार्यले भने आफू अनुकुल कानुनको ब्याख्या गर्न थालेका छन् । २८ भदौमा नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन छैन भन्ने पत्र संसद सचिवालयमा दर्ता गराएकोले त्यसको ३० दिन भित्रमा समर्थन लिने उनको भनाइ छ । 

    सरकारमा रहेको दल फुटेमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । दुई दिन अगाडि बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री आचार्यलाई दसैँ अगाडि नै विश्वसाको मत दिन सुझाव दिएका थिए । 

    images

    ‘दसैँ अगाडि नै विश्वासको मत लिनुहोस् भनेर भनेका छौँ’,  एमालेका प्रमुख सचेकत बुद्धिकुमार राजभन्डारीले भने, ‘निर्णय गर्ने अधिकार उहाँलाई छ । सविधानको अक्षरंशः पालना गर्नुहोस् भनेर सुझाव पनि दिएका छौँ । निर्वतमान मुख्ययमन्त्री शेरधन राईले भने आज संसदमा दर्ता गराएर भोलिसम्ममा लिन सक्नुहुन्छ ।’ 

    विपक्षी गठबन्धनले भने सरकारलाई सभामुखले साथ दिएको आरोप लगाउन थालेका छन् । शनिबार शुभकामना दिन भन्दै संसदीय दलका नेताहरूलाई फोन गरेका सभामुख प्रदीपकुमार भन्डारीले अविश्वसको प्रस्ताव दसैँपछि मात्रै अगाडि बढाउन सहयोग गरिदनसमेत आग्रह गरेका थिए ।

    ‘उहाँले मलाई अप्ठ्यरोमा नपारीदिनुहोस् सहजीकरण गिरिदनु प¥यो भन्नु भएको छ’, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वोले भने, ‘तपाइँबाट सविधानको पालना हुनुपर्छ त्यसमा सविधानले के भन्छ, त्यही गर्नुहोस् हामी सहजीकरण गर्न तयार छौँ भनेको छु ।’

    ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एकजना सदस्य छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।