मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ५२.३६ अंकले बढ्यो सेयर बजार,९ अर्ब २० करोडको कारोबार

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 363
    SHARES
  • बुधबार ५२.३६ अंकले बढ्यो सेयर बजार,९ अर्ब २० करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ५२.३६ अंकले बढेर२६६५.४६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार २ प्रतिशतले बढेको हो ।

    बढेसंगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब १९ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। 

    images

    आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार