काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ ।बुधबार ९ अर्ब २० करोड ३० लाखको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ।
बिहिबार ८६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १५० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।


