काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले नीजि र सरकारी संस्थाहरुले सकारात्मक रुपमा प्रतिस्पर्धा गरे नेपाली नागरिकहरुले स्वास्थ्यमा गुणस्तरको सेवा पाउने बताएका छन् ।
शुक्रबार नेपालको पहिलो आणविक तथा जेनेटिक डायग्नोस्टिक्स प्रयोगशालाको १२ औं शाखा उद्घाटन समारोहमा उनले सबै प्रदेश र जिल्लामा पनि शाखाहरु विस्तार गर्नको लागि शुभकामना दिदैँ सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई सेवा दिन आग्रह गरेका हुन् ।
यसको साथै उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सहजीकरण र समन्वयन गर्न नेपाल सरकार सधैँ तयार रहेको पनि बताए ।
उनले भने, ‘नेपाल सरकारका राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् होस, चाहे जनस्वास्थ्य प्रयोगशाला होस सहकार्य गर्न नेपाल सरकार पनि तयार छ । यसका साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सहजीकरण र समन्वयन गर्न पनि तयार भएको जानकारी दिन्छु ।’
उनले विशिष्टकृत सेवा विस्तारको कुरामा स्वास्थ्यमन्त्रीको प्राथमिकतामा परेको भन्दै यसमासरकारलाई पनि सहयोग गर्ने हो भने सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


