मंगलबार, भाद्र २३ गते २०८३
images

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 251
    SHARES
  • हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । 

    images

    संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् ।

    उनले भने, ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ । आजै प्रधानमन्त्रीलाई सभामुखले भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हामीलाई सभामुखले बैठकमा जानकारी गराए , सम्बोधन गर्ने कुरा चलेको छ । अर्को बैठकमा के गर्ने भन्ने निर्णय हुन्छ ।

    images

    हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन्  । त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # संसद्