मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १०.४१ अंकले घट्यो सेयर बजार,९ अर्ब १२ करोडको कारोबार

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 349
    SHARES
  • आइतबार १०.४१ अंकले घट्यो सेयर बजार,९ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १०.४१ अंकले घटेर २६४३.९३को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको बजारमा आइतबार ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । 

    images

    आइतबार ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आइतबार उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुँ खोला जलविद्युत लिमिटेड कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार