आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 282
    SHARES
  • जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

    काठमाडौं । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।

    images

    आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो । 

    आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ । 

    images

    फर्निचर उद्योगका सञ्चालक रामलला शर्माले २० लाखबढीको सामान जलेर नष्ट भएको बताएतापनि धनुषा प्रहरीले यकिन गर्न बाँकी रहेको जनाएको छ ।

    आगलागीको खबर प्राप्त हुनासाथ जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र पुगेर आगो निभाउन सफल भएको छ ।

    आगलागीको कारण र क्षतिको विवरण केही बेरमा प्राप्त हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले आगलागी भएको  स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी