शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 203
    SHARES
  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

    काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ।  

    images

    टीमले आइतबार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्  ।

    यो चलचित्र आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।
    त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो चलचित्र ‘रोल नम्बर १’ को पनि आइतवार नै घोषणा गरेका छन् । 

    images

    एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।

    कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताए । इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माँया गरेको पहिलो पटक भएको भन्दै उनले खुसी व्यक्त गरे । 

    उनले भने,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईहरुले उठाइदिनु भएको छ । सय करोडको रनवेयमा छोड्दिनुभएको छ । यो तपाईहरु कै माँयाले हो । हामीलाई आएको जानकारी भए अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माँया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकडै नै हो ।’

    साथै उनले कोशेढुङ्गाको तयारी गरिरहेको पनि जानकारी दिए ।  

  • सम्बन्धित विषय:

  • # पूर्ण बहादुरको सारङ्गी’ २