काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी आयल निगमले पेट्रोलमा २,डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।
निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको आयल निगमले जनाएको छ ।

.jpg)


