मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ६९.८० अंकले बढ्यो सेयर बजार,१२ अर्ब ९५ करोडको कारोबार

एक्सप्रेस पाना
माघ २०, २०८१ आइतबार
  • 393
    SHARES
  • आइतबार ६९.८० अंकले बढ्यो सेयर बजार,१२ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । 

    images

    आज बजार ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ।

    images

    आज २ सय २ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३ कम्पनीको भने स्थिर रहेको छ।

    पछिल्लो समय पटकपटक करेक्सन र साइडवेजमा रहँदै आएको सेयर बजारमा यो हप्ताको सुरुवातमै उच्च अंकको वृद्धि भएको हो। अब २८०० बिन्दुको ब्रेक आउट गरेर अगाडि बढ्ने अनुमान गरिएको छ। 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार