मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सेयर बजारमा २.४१ अंकको वृद्धि,११ अर्ब ८७ करोडको कारोबार

एक्सप्रेस पाना
माघ २१, २०८१ सोमबार
  • 319
    SHARES
  • सोमबार सेयर बजारमा २.४१ अंकको वृद्धि,११ अर्ब ८७ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार २.४१ अंकले बढेर २७३० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको बजारमा सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ । 

    images

    ९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने आज १ सय ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ८ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन।

    सोमबार उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ  । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार