शनिबार, भाद्र २७ गते २०८३
images

प्रधानमन्त्रीद्वारा एचपिभी खोप अभियानको शुुभारम्भ

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 252
    SHARES
  • प्रधानमन्त्रीद्वारा एचपिभी खोप अभियानको शुुभारम्भ

    काठमाडौं । मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ ।

    images

    मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । 

    आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # एचपिभी खोप