काठमाडौं । लगातार दुई दिन उकालो लागेको सेयर बजार मंगलबार भने दोहोरो अंकले घटेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी मंगलबार७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।


