मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार झिनो अंकले घट्यो सेयर बजार,८ अर्ब ९५ करोडको कारोबार

एक्सप्रेस पाना
माघ २३, २०८१ बुधबार
  • 382
    SHARES
  • बुधबार झिनो अंकले घट्यो सेयर बजार,८ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं । साताको चोथौ कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार४.१४ अंकले घटेर २७११.४५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार घटे पनिकारोबार रकम भने पनि सामान्य बढेको छ । मंगलबार ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । 

    images

    बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ। बाकी ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    बुधबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से