शनिबार, भाद्र २७ गते २०८३
images

मिस एण्ड मिसेस व्यूटिफुलको अडिसन फागुन १९ गते

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 246
    SHARES
  • मिस एण्ड मिसेस व्यूटिफुलको अडिसन फागुन १९ गते

    काठमाडौं । गत नौं बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ ।

    images

    दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए । 

    पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छनौट गर्नेछ । प्रतियोगिताका बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए ।

    images

    आयोजक तथा बरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगिहरुलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धि विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमा समेत सहभागि गराइनेछ ।

    कमलादिस्थित सिटी सेन्टरको फुड कोटमा आयोजित पत्रकार सम्मेलनमा ख्यातिप्राप्त हास्य अभिनेता राजाराम पौडेलले यसखाले प्रतियोगिताले महिला सशक्तिकरणका क्षेत्रमा मद्दच मिल्ने बताए ।

    लोकप्रिय गायक आनन्द कार्कीले महिलाहरुको आन्तरिक विकासका लागि मिस एन्ड मिसेस व्युटिफुल नेपाल बलियो प्लेटफर्म भएको चर्चा गरे। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले दुबै प्रतियोगिता सहभागीका लागि जीवनउपयोगी हुने बताए। मिसेस व्युटिफुल नेपाल २०२४ विजया अधिकारीले प्रतियोगिताले महिला सुदृढीकरणमा टेवा पुगेको अनुभव सेयर गरिन् । मिस व्युटिफुल नेपाल २०२४ सजिना तामाङले यो प्रतियोगिता महिलाहरुलाई आप्mभित्र अन्र्तनिहीत प्रतिभा प्रष्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताइन् । 

    प्रतियोगिताबाट शिर्ष उपाधिका साथमा विभिन्न उपउपाधि प्रदान गरिने आयोजक टेकराज पाण्डेले जानकारी गराए ।