मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ११.६४ अंकले घट्यो सेयर बजार,९ अर्ब २४ करोडको कारोबार

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 283
    SHARES
  • बिहिबार ११.६४ अंकले घट्यो सेयर बजार,९ अर्ब २४ करोडको कारोबार

    काठमाडौं । दुई दिनदेखी लगातार ओरालो लागेको सेयर बजार बिहिबार पनि घटेको छ ।

    images

    साताको अन्तिम दिन बिहिबार सेयर बजार ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार पनि बिहिबार कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

    images

    बिहिबार ७४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    बिहिबार अपर लोहोरे खोलाको सेयर मूल्य १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत घटेको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार