बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमले ल्यायो‘भोवाईफाई सेवा',अब वाईफाईबाटै फोन कल गर्न सकिने

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 347
    SHARES
  • नेपाल टेलिकमले ल्यायो‘भोवाईफाई सेवा',अब वाईफाईबाटै फोन कल गर्न सकिने

    काठमाडौं । नेपाल टेलिकमले ‘भीओवाइफाई' सेवाको व्यावसायिक सुरुवात गरेको छ।

    images

    गत मंगलबार टेलिकमको २१औँ वार्षिकोत्सवको अवसरमा यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

    यस सेवाअन्तर्गत ‘भीओवाइफाई’ सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका कुनै पनि मोबाइल फोनबाट नेपालभित्र तथा विदेशबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गरी भ्वाइस तथा एसएमएस सेवा लिन सकिनेछ ।

    images

    के हो भीओवाइफाई ?

    भ्वाइस ओभर वाइफाइ अर्थात् ​‘भीओवाइफाई’ पछिल्लो समयको दुरसञ्चारको नयाँ प्रविधि हो, जसले प्रयोगकर्तालाई वाईफाई नेटवर्कमार्फत फोन कल तथा एसएमएस सेवा प्रयोग गर्न सक्ने सुविधा प्रदान गर्छ । मोबाइल नेटवर्क नभएको ठाउँमा पनि ‘भीओवाइफाई’ सेवा मार्र्फत कल र एसएमएस गर्न सकिन्छ । 

    मोबाइलमा ​‘भोवाईफाई’ सपोर्ट गर्ने फिचर छ र भोल्टे सेवा सक्रिय छ भने आफ्नो मोबाइल नेटवर्कको साटो वाईफाईको माध्यमबाट फोन कल तथा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । 

    मोबाइल टावरको कमजोर सिग्नल भएका स्थानहरू जस्तै; घरभित्र, भूमिगत क्षेत्र वा दूरदराजका ठाउँहरूमा पनि ​‘भीओवाइफाई’ सेवाले वाईफाई इन्टरनेटमार्फत सम्पर्क गर्न सकिनेछ ।  मोबाइल कलहरू टुजी, थ्रीजी, फोरजीजस्ता सेलुलर नेटवर्कका माध्यमबाट गरिने भए पनि मोबाइल नेटवर्क कमजोर भएका स्थानहरू सम्पर्कविहीन हुन नपरोस् भनेर भी वाइफाई सेवा शुरु गरिएको टेलिकमले जनाएको छ । 

    विदेशमा रहेका नेपाल टेलिकमका ग्राहकहरूले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् । वाइफाई नेटवर्कमा पहुँच भएमा प्रयोगकर्ताले नेपालभित्रै जस्तै फोन कल गर्न र एसएमएस पठाउन सक्नेछन् । टेलिकमले भीओवाइफाई सेवाको सुरुवातसँगै ग्राहकहरूलाई थप सहज र प्रविधिमैत्री सञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • # भोवाईफाई सेवा