काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार मंगलबार भने सामान्य बढेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको कारोबार भएको बजारमा मंगलबार ७ अर्ब २४ करोडको कारोबार भएको छ ।
मंगलबार १३४ कम्पनीको सेयर मुल्य बढेको छ भने ९८ वटा कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
मंगलबार सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।


