काठमाडौं । काठमाडौँको शंखरापुरमा स्कुल बस दुर्घटना भएको छ ।
बुधबार नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस शंखरापुर नगरपालिका ५ मा दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमिको रिजर्भमा गएको थियो
.jpg)


