काठमाडौं । पल शाह र दीपिका प्रसाईँको मुख्य भूमिका रहेको चलचित्र ‘मायावी’को ट्रेलरले सार्वजनिक गरिएको छ ।
सार्वजनिक ट्रेलरमा प्रेम र त्यागको कथालाई मुख्य स्थान दिइएको छ । चलचित्र ‘मायाबी’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
चलचित्रमा पल र दीपिकाको अलवा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा र निर्देशक दिवाकरकै छ ।
क्रिएटिभ सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह निर्माताका रूपमा छन् । ‘मायाबी’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।


