मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १९.५६ अंकले बढ्यो सेयर बजार,९ अर्ब ४७ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 351
    SHARES
  • आइतबार १९.५६ अंकले बढ्यो सेयर बजार,९ अर्ब ४७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ । 

    images

    आज बजार १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ७ अर्ब ९२ करोड १३ लाखको कारोबार भएको बजारमा आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको छ । 

    images

    आइतबार बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ भने न्यादी हाइड्रोपावरको १० प्रतिशत घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से