काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २९.८७ अंकले बढेर २७२७.९१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सोमबार बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको बजारमा सोमबार १० अर्ब ४ करोडको कारोबार भएको छ ।
सोमबार १६६ कम्पनीको सेयर मुल्य बढेको छ भने ७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन भएको छैन् ।
सोमबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।


