मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ११.९१ अंकले बढ्यो सेयर बजार,१० अर्ब ४३ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण ६, २०८१ मंगलबार
  • 356
    SHARES
  • मंगलबार ११.९१ अंकले बढ्यो सेयर बजार,१० अर्ब ४३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार सामान्य बढेको छ ।

    images

    आज बजार ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । सोमबार १० अर्ब ४ करोडको कारोबार भएको बजारमा मंगलबार १० अर्ब ४३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी मंगलबार ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने १४९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुलयमा कुनै परिर्वतन आउको छैन् । 

    मंगलबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । 

    त्यसैगरी आज सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से