मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्कासन

एक्सप्रेस पाना
फाल्गुण ११, २०८१ आइतबार
  • 363
    SHARES
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्कासन

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आइतबारदेखि आइपिओ बिक्री खुला भएको छ।

    images

    कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

    images

    फागुन १५ गतेसम्म लगानीकर्ताले उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लगिने बताइएको छ । 

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

     

  • सम्बन्धित विषय:

  • # आइपिओ
  • # नेपाल माइक्रो इन्स्योरेन्स