मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ११.६६ अंकले बढ्यो सेयर बजार,११ अर्ब ५४ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण ११, २०८१ आइतबार
  • 347
    SHARES
  • आइतबार ११.६६ अंकले बढ्यो सेयर बजार,११ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ८ अर्ब ६२ करोडको कारोबार भएको बजारमा आज ११ अर्ब ५४ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ९१ कम्पनीको सेयर मुल्य बढेको छ भने १४८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्स लिमिटेड ७.४ प्रतिशतले घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार