आइतबार, कार्तिक १६ गते २०८३
images
images

लमजुङमा भूकम्पको धक्का

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 292
    SHARES
  • लमजुङमा भूकम्पको धक्का

    काठमाडौं । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । 

    images

    बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो ।मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    मस्र्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । यसअघि पनि मस्र्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का