आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

एक्सप्रेस पाना
आश्विन २६, २०७८ मंगलबार
  • 275
    SHARES
  • स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

    असोज २६ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी धचाडपर्व मनाउन अपील गरेका छन् ।

    images

    दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा अपील गरेका हुन् ।

    प्रचण्डले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो ।’

    images

    सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु–याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार भएको पनि उनले सन्देशमा भनेका छन् ।