मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार हरियालीतर्फ सेयर बजार,११ अर्ब ८ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 286
    SHARES
  • लगातार हरियालीतर्फ सेयर बजार,११ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ । 

    images

    साताको दोस्रो कारोबार दिन सोमबार बजार ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।  आइतबार ११ अर्ब ५४ करोडको कारोबार भएको बजारमा सोमबार ११ अर्ब ८ करोडको कारोबार भएको छ ।

    आज ९० कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    सोमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।  

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार