काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथी प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले डोनाल्ड ट्रम्पले नेपाललाई फ्रड भनेकोप्रति प्रधानमन्त्रीको कुनै प्रतिक्रिया नआएकोमा आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीले दिएको ‘म भ्रष्ट्रचार गर्दिन र गर्न दिन्न’ भन्ने अभिव्यक्ति नसुहाउने भएको बताए ।
उनले भने, ‘डोनाल्ड ट्रम्पले यो देशलाई फ्रड भनेको मैले मात्र सुनेको कि प्रधानमन्त्री ज्यूले पनि सुन्नु भएको छ । छैन त प्रतिक्रिया । युवाहरुले सुशासनको लागि भ्रष्ट्रचारको विरुद्ध बोल्दै गर्दा एउटाले फेसबुकमा स्टाटस लेख्दा च्याप्पै समात्ने ।’ ‘सम्मानीय प्रधानमन्त्री ज्यू सार्वजनिक कार्यक्रममा म भ्रष्ट्रचार गर्दिन गर्न दिन्न भन्नु हुन्छ । म यहाँ केही तथ्याङ प्रस्तुत गर्छु भ्रष्ट्रचार अवधारणा सुचाङक २०२३ सार्वजनिक गरेको छ ट्रास्फरेन्सि इन्टरनेस्नलले, त्यसका १८० देशहरुको तथ्याङ छन् । डेनमार्क ९० अंकले भ्रष्ट्रचार कम गर्ने देश बनेको छ । हाम्रो ३५ अंक, सन् २०१५ मा २७ अंक, २०१६ मा २९ अंक, २०१८ मा ३१ अंक, २०१९ मा ३४ अंक, २०२०मा ३३ अंक औषत अंक पनि छैन यो वर्षमा, यो सरकार सञ्चालक को थियो सभामुख महोदय भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्नु भएको रहेछ त । भ्रष्ट्रचार गर्दिन गर्न नि दिन्न भन्न सुहाउदैन ।’


