आइतबार, भाद्र २८ गते २०८३
images

स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्:मन्त्री पौडेल

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 351
    SHARES
  • स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्:मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् । 

    images

    मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल कलेजको २५ औं वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतीमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्ने बताएका हुन् । 

    उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरियता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो । स्वास्थ्य गुणस्तरहिन हुनै सक्दैँन् । हामी गुणस्तरिय औषधी भन्छौ, गुणस्तरहिन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यसकारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ । स्वास्थ्य कहिले पनि गुणस्तरहिन हुन सक्दैँन् । उपचार पद्धतीमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ । त्यसकारण गुणस्तरियतामा कहि कतै सम्झौता नहुने गरि यसको क्षमता जति छ त्यती जनशक्ति उत्पादन गर्ने स्विकृती दिनुपर्छ ।’

    images

    उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएपनि नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन नसकेको बताए । 
    उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ । आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरि उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठूला संरचनाहरु बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ । तर नागरिकको अनुभूतिमा विकास भएको महशुस हुन सकेको छैन् । यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौं ।’ 

  • सम्बन्धित विषय:

  • # प्रदिप पौडेल