काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ४९.१५ अंकले बढेर २८१५.०४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिहिबार बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ९ अर्ब ९० करोडको कारोबार भएको बजारमा बिहिबार ११ अर्ब ३९ करोडको कारोबार भएको छ ।
आज १८६ कम्पनीको सेयर मुल्य बढेको छ भने ५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र माथिल्लो हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मुल्य भने सबै भन्दा बढि घटेको छ ।


