काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत् राखेको छ।
डिजेलरमट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो । निगमको सञ्चालक समितिको बैठकले शुक्रबार रातिदेखी लागु हुनेगरी मूल्य घटाएको हो ।
त्यस्तै पेट्रोल, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनसँगै एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

.jpg)


