आइतबार, कार्तिक १६ गते २०८३
images
images

ह्वाइटहाउसमा जेलेन्स्की र ट्रम्पबिच चर्काचर्की

एक्सप्रेस पाना
फाल्गुण १७, २०८१ शनिबार
  • 295
    SHARES
  • ह्वाइटहाउसमा जेलेन्स्की र ट्रम्पबिच चर्काचर्की

    काठमाडौं । ह्वाइटहाउस पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पबिच चर्काचर्की परेको छ । 

    images

    ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले अमेरिकाले गरेको सहयोगप्रति कृतज्ञता प्रकट नगरेको भन्दै अपमानजनक बहस गरेका थिए ।

    ट्रम्पले तेस्रो विश्वयुद्धका लागि जुवा खेलेको बन्दै जेलेन्स्कीलाई तिमि राम्रो स्थितिमा छैनौं भन्दै थर्काएका थिए ।

    images

    ट्रम्पले बोलिरहदाँ जेलेन्स्कीले असहज महसुस गरेको स्पष्ट देखिन्थ्यो । तर जेलेन्स्कीले ट्रम्पकै अगाडी आफ्नो कुरा स्पष्ट राखेका थिए । जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिजमा साझेदारी गर्न तयार रहेको तर त्यसको बदला सुरक्षा ग्यारेन्टी चाहेको बताएका थिए । तर ट्रम्पले पत्रकारले युक्रेनको सुरक्षाको विषयमा सोधेको प्रश्नको जवाफमा आफु पहिलो युक्रेनसँगको डिलमा बढी केन्द्रित रहेको र डिल भएपछि युक्रेनको सुरक्षाको विषयमा छलफल गर्ने बताए ।

    खनिजसम्बन्धी सम्झौता गर्नका लागि सुरु भएको वार्ता दुई देशका राष्ट्रपतिबीच भनाभन भएपछि रोकिएको रोयटर्सले जनाएको छ ।


    यस अघि पनि ट्रम्पले खनिज सम्झौतामा जेलेंस्की तयार नभएपछि उनीप्रति व्यक्तिगत रुपमा आक्रमण गर्दै रुसको पक्षमा बोल्न थालेका थिए ।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # भोलोदिमिर जेलेन्स्की