काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेक्सन आएको छ ।
सोमबार बजार १३.६२ अंकले घटेको २८७६.६६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे पनि सोमबार कारोबार रकम भने सामान्य बढेको छ ।आइतबार १४ अर्ब २५ करोडको कारोबार भएको बजारमा आज १४ अर्ब २८ करोडको कारोबार भएको छ ।
सोमबार ५१ कम्पनकिो सेयर मुल्य बढेको छ भने १८७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ ।


