काठमाडौं । चैत १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'राजागन्ज'को ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरले मधेश आन्दोलनको पृष्ठभूमिलाई देखाउन खेजेको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेत्री आशा मगराती छिन्। त्यस्तै, दयाहाङ राई, निकिता चण्डक, विजय बराल, ऋचा शर्मा, घनश्याम मिश्र, आरती मण्डल, पशुपति राई, गौमाया गुरूङ लगायतका कलाकारहरू यसमा छन्। अधिकांश कलाकारहरूलाई ट्रेलरमा देखाइएको छ।
चलचित्रको निर्मातामा दीपक रौनियार, आशा मगराती, रामबाबु गुरुङ र एलन आर मिलिगन छन्। बलिउड निर्देशक अनुराग कश्यम फिल्मको कार्यकारी निर्माता हुन्।


