मंगलबार, भाद्र २३ गते २०८३
images

पियोर इनर्जीको आईपीओ निष्काशन,क–कसले दिन पाउँछन् आवेदन ?

एक्सप्रेस पाना
फाल्गुण २०, २०८१ मंगलबार
  • 341
    SHARES
  • पियोर इनर्जीको आईपीओ निष्काशन,क–कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा विक्री खुला गरेको छ। 

    images

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुल्ला गरेको हो । 

    कम्पनीले प्रतिशेयर १०० अंकित दरमा आफ्नो चुक्ता पुँजी ८० करोड रुपैयाँमध्ये २ प्रतिशतले हुन आउने १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र अर्थात् बाँकेका स्थानीय बासिन्दाहरुकाका लागि निष्काशन गरेको छ । त्यस्तै, १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्काशन गरेको हो । 

    images

    आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याइएको  शेयर बाँडफाँट गरी विक्री नभई बाँकी रहेमा उक्त शेयर सर्वसाधारण समूहमा थप गरी सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिने बताइएको छ । 

    उक्त आईपीओमा आयोजना प्रभावित बासिन्दाले छिटोमा चैत ५ गतेसम्म र ढिलोमा चैत २० गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारमा गएकाले नेपालीले भने चैत ५ गतेसम्म न्यूनतम १० र अधिकत ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त शेयरमा स्थानीय प्रभावितले सौर्य विद्युत् उत्पादन केन्द्र खजुरा ८, नबिल बैंक कोहलपुर तथा नेपालगन्ज, लक्ष्मी सनराइज बैंक कोहलपुर र नेपालगन्ज, सिद्धार्थ बैंकको शाखा खजुरा र बीपी चोक तथा कुमारी बैंकका शाखा खजुरा र रिमझिम बजारबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # पियोर इनर्जी
  • # आईपीओ