काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरार्वट आएको छ ।
आज बजार ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार १४ अर्ब २८ करोडको कारोबार भएको बजारमा मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४१ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
मंगलबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ ।


