मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 526
    SHARES
  • बुधबार २५.१६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । दुई दिनदेखी लगातार घटेको सेयर बजार साताको चौथो कारोबार दिन बुधबार पनि घटेको छ । आज बजार २५.१६ अंकले घटेर २८२१.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटे संगै आज कारोबार रकम पनि घटेको छ । मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ९७ करोडको कारोबार भएको छ ।  

    बुधबार ६२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार