काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा विक्री खुला भएको छ।
कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो।
कम्पनीको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन २६ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।


