मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 410
    SHARES
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट,यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

    images

    कम्पनीले शुक्रबार बिहान आईपीओ बाँडफाँट गरेको हो । गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर हात पारेका छन् ।

    कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । 

    images

    आईपीओमा १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा १० हजार ३८६ जना आवेदकको आवेदन रद्द भएको छ । 

    आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट, नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइट, मेरो सेयर र सिडिएससीको वेबसाइट बाट हेर्न सकिने छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # नेपाल माइक्रो इन्स्योरेन्स