आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 249
    SHARES
  • अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् ।

    images

    जेलेन्स्कीले यो ‘महत्वपूर्ण बैठक’ हुने आशा पनि व्यक्त गरेका छन् । बीबीसीका अनुसार युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको जनाएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि ‘नयाँ ढाका’मा छलफल गर्न चाहेको बताए ।

    images

    गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । सो क्रममा ट्रम्पले जेलेन्स्कीमाथि लडाइँ अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए ।

    यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी आदानप्रदान गर्न पनि छोडेको गरेको छ ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

    बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’सहितको पत्र प्राप्त गरेको बताए ।

    रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा ठूलो आक्रमण सुरु गरेको थियो । अहिले उसले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # भोलोदिमिर जेलेन्स्की