मंगलबार, कार्तिक १८ गते २०८३
images
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 263
    SHARES
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    images

    कम्पनीले निष्काशन गरेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओमा आवेदन दिन सोमबार अन्तिम दिन रहेको हो । 

    कम्पनीको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    images

    आईपीओमा आइतबार साँझ ५ बजेसम्ममा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता शेयरका लागि आवेदन परिसकेको छ।

    कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स