मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार २०.६८ अंकले घट्यो सेयर बजार,८ अर्ब ३७ करोडको कारोबार

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 436
    SHARES
  • सोमबार २०.६८ अंकले घट्यो सेयर बजार,८ अर्ब ३७ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ ।

    images

    साताको दोस्रो कारोबार दिन सोमबार बजार २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ९ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी सोमबार ४४ कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    आज नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्य सबै भन्दा बढि बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से