काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (फागुन २७)देखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। मंगलबारदेखी खेलेको आईपीओमा चैत ३ गते सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।


