काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार ३२.२१ अंकले घटेर २७१९.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएको छ ।
आज ३२ कम्पनीको सेयर मुल्य बढेको छ भने २०९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
मंगलबार महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि बढेको छ ।


