शनिबार, भाद्र २७ गते २०८३
images

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 244
    SHARES
  • साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । 

    images

    भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको गए राति गुवाहाटीमा निधन भएको हो। 

    ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए । 

    images

    भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # लीलबहादुर क्षेत्री