आइतबार, कार्तिक १६ गते २०८३
images
images

डा. शेखर कोइरालाले गरे प्रकृति लम्सालको परिवारसँग भेट

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 231
    SHARES
  • डा. शेखर कोइरालाले गरे प्रकृति लम्सालको परिवारसँग भेट

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखद घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेट गरेका छन् । 

    images

    रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाईलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस् घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताएका हुन् ।

    उनले घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकिएको बताएका छन् । 

    images

    कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि बताए ।

    लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रकृति लम्साल
  • # डा. शेखर कोइराला