काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आइतबार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
शनिबार साँझ ५ बजेसम्ममा उक्त आईपीओमा १६ लाख १८ हजार ९७८ जनाबाट १ करोड ९६ लाख ४३० कित्ता शेयरका लागि आवेदन परेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।


