आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभामुख सापकोटा भन्छन्: संसद सुचारु गर्न एमालेसँग छलफल गर्छु

एक्सप्रेस पाना
आश्विन २७, २०७८ बुधबार
  • 538
    SHARES
  • सभामुख सापकोटा भन्छन्: संसद सुचारु गर्न एमालेसँग छलफल गर्छु

    असोज २७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गराउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्। सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएको स्पष्ट पार्दै सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्।

    images

    बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए। सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने आग्रह गरे।

    उनले भने, ‘दशैँको सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निष्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ।’

    images

    उनले संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेरै कार्य सम्पादन गर्नु आफ्नो कर्तव्य भएको पनि जिकिर गरे। उनले जतिसुकै ठूलो समस्या भए पनि समन्वय, सहकार्य र समझदारी गनुपर्नेमा जोड दिए। उनले कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्ने र त्यसबाट अवरुद्ध संसद् चल्ने आशा व्यक्त गरे। 

    सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह हुन्छन्‚ प्रतिशोध सोच्न पनि सकिँदैन। सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोच विकास हुनेछ।’ उनले सबै उपाय अवलम्बन गरी संसद्लाई जीवन्त र जनमुखी बनाउने बताए। सभामुख सापकोटाले संसद्‌मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चारमाध्यमहरूमा आएको कुरा सही नभएको पनि स्पष्ट पारे।

    संवेदनशील विषय अगाडि बढ्न आफूले सहजीकरण गरेको  सभामुखले दाबी गरे। सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरू उदासीन नभएको बताउँदै संसद् सुचारु गर्न लागिपर्ने प्रतिबद्धता जनाए। सरकारले गाँठो फुकाउन खोजेको पनि उनको कथन छ। सत्तारुढ तथा विपक्षी दलका नेताहरू सबैलाई समीक्षा गरी संसद्‌लाई निकास दिनुपर्ने उनको कथन छ।