शनिबार, भाद्र २७ गते २०८३
images

कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 373
    SHARES
  • कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

    काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उदघाटन गरेका छन् । 

    images

    काठमाडौँको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको एक कार्यक्रमका बिच कुलले उदघाटन गरेका हुन् । डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । 

    सो अवसरमा कुलले संचालक जयराम भण्डारीको लगनशिलताको पनि खुलेर तारिफ गरेका थिए । अभिनेता समेत रहेका कुलले डक्टर डेनिम लगाएर स्मार्ट बन्न आग्रह गरेका थिए । 
    सो अवसरमा  स्मार्ट पोइन्टका संचालन जयराम भण्डारीले ब्यवसायको क्षेत्रमा करिब एक दशकदेखि लागिपर्दै आएको बताए । भण्डारीले आफूले ब्यवसायको क्षेत्रलाई निकै नै आशालाग्दो भएका कारण लामो समयदेखि यही क्षेत्रमा लागिपरिरहेको दोहोर्याए ।

    images

    सँधै सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको स्मार्ट पोइन्टले उदघाटनका क्रममा उपस्थित संचारकर्मीलाई पनि आफ्नो ब्राण्डका सामग्रीहरु दिएर सम्मान गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # कुल ब्वाय
  • # स्मार्ट पोइन्ट